सबै भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै अख्तियार र सम्पत्ति शुद्धीकरण विभाग पुग्यो राप्रपा

काठमाण्डौ साउन २, – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले नयाँ पुराना सबै भ्रष्टाचारको छानबिन र आवश्यक कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा ज्ञापन पत्र बुझाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता कार्यकर्ताले आज ज्ञापनपत्र बुझाएका हुन् । देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै राप्रपाले सबै भ्रष्टाचारका काण्डहरूमाथि छानबिन गर्न तथा राजनीतिक नेतृत्व तहलाई उन्मुक्ति नदिन माग गरेको छ ।

राप्रपाले अख्तियारपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि २०४६ सालपछि सत्तामा पुगेका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियारजस्ता कार्यालयहरू, संवैधानिक अङ्गहरू कतिपय सन्दर्भमा निष्क्रिय रहेका समेत टिप्पणी गर्नुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर