नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या 2 हजार नाघ्यो

काठमाण्डाै –
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या 2 हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या 2 दुई हजार 1 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लाे २४ घण्टामा थप 270 जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
त्यस्तै गएको २४ घण्टामा 403 जना कोरोना सङ्क्रमितबाट निको भएका छन् ।
अहिले नेपालमा तीन हजार तीन सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।