दाङको राजपुरमा आगलागी हुँदा लाखौं नोक्सानी

सागर रोका,
चैत्र २८ दाङ ।
राजपुर गाउँपालिका वडा नम्बर -७ अन्तर्गत भैसाही नाकाको सिमजमरी बस्तीमा भारतको चुरे जङ्गल बाट आएको आगोले नाकाको चारै तिर बाट घेरेको हुँदा आगो नियन्त्रण लिन नसके पछि ससराम रानाको घरमा दिउँसोको १२:०० बजे तिर आगलागी भएपछि घरमा रहेको बाख्राको खोर सहिद १८ वटा बाख्रा लगाएत घरमा रहेको नगद पैसा ४००००,खाद्यान्न सामग्री ,लत्ताकपडा र घरमा रहेको एक तोला सुन मात्रै नभएर घरमा रहेको सबै सामान आगो बाट जलेर नोक्सानी भएको छ ।
भने नोक्सान भने करिब १० लाख भन्दा धेरै भएको बताउनु हुन्छ श्री गौरीशंकर नि.मा.वि का प्राध्यापक तङ्क बि. कले नाकामा कुनै पनि संचार माध्यम नभएको कारण वरपर रहेको गाउँले समेत लाई खबर नहुदा आगो नियन्त्रणमा आउन नसकेको हुँदा धेरै नोक्सानी पुगेको छ ।
नाका मा संचार अभावका कारण सिमानामा रहेको सिमा सुरक्षा प्रहरी चौकी लगाएत सशस्त्र प्रहरी लाई समेत जानकारी भएको थिएन । नाकामा रहेका नाका बासिन्दाहरुले हरेक समस्या भोग्नु परेको देखिन्छ ।