नेपालमा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि, सहीत ५४ जनाकाे मृत्यु

काठमाडौं, बैशाख २३

२४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ । 

देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । 
‘यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर