थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, ६४०४ जना संक्रमणमुक्त,

काठमाडौं, जेठ ११,
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्रै मुलुकभर १६९ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार २२३०६ पिसीआर र ६३० एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८३८७ जनामा पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घन्टामा ६४०४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै मुलुकमा ४०४८८७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६७ जना छन्। जसमध्ये १६७२ जना आइसियू र ४४७ जना भेन्टिलेटरमा उपचाररत छन्।