राष्ट्रियसभा सदस्य उपनिर्वाचन,

निमुसंगम घर्ती, घोराही
११-जेठ/ 

लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी तिब्र पारिएको छ । निर्वाचन तालिका अनुसार उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन सँगै चुनाव चिन्ह पनि प्रदान गरिएको छ । उपनिर्वाचनमा २ जनाको उमेद्वारी परेको छ ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार नेकपा एमालेका उमेद्वार चन्द्रबहादुर खड्कालाई सूर्य चिन्ह र नेपाली कांग्रेसका उमेद्वार दृगनारायण पाण्डेलाई रुख चिन्ह प्रदान गरिएको छ । खड्कालाई नेकपा एमालेले उमेद्वार बनाएको हो भने नेपाली कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन छ । माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित खड्का नेकपा विभाजन भएसँगै एमालेमा प्रवेश गरेपछि उहाँलाई माओवादी केन्द्रले कार्वाही गरेका कारण रिक्त भएको स्थानमा उप निर्वाचन हुन लागको हो ।

उक्त निर्वाचनमा एमालेले खड्कालाई नै उमेदवार बनाएको छ भने नेकपा एमालेबाट प्रदेशसभा सदस्य रहेका पाण्डेले राजिनामा दिएर नेपाली कांग्रेसमा प्रबेश गरेपछि उहाँलाई कांग्रेस सहित माओबादी केन्द्र, जनता समाजबादी पार्टी उपेन्द्र बाबुराम पक्ष र जनमोर्चाले साझा उमेद्वार बनाएका हुन् । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २१७ गरी जम्मा २९६ मतदाता छन् । प्रदेशका १०९ स्थानीय तहका पालिकामा प्रमुख र उपप्रमुख गरी एमालेका ९१, कांग्रेसका ६४, माओवादी केन्द्रका ३९, जसपाका १३, जनमोर्चाका पाँच, राप्रपाका दुई र स्वतन्त्र चार पदाधिकारी छन् ।

यस्तो छ निर्वाचन तयारी
यही जेठ १७ गते विहान ९ बजे देखी दिउँसो ३ बजे सम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुने छ । तीन वटा मतदान केन्द्र तोकिएको छ । जस अन्तरगत एउटा केन्द्रमा प्रदेशसभा सदस्य, अर्को केन्द्रमा स्थानिय तहका प्रमुख उपप्रमुख र अर्को केन्द्रमा कोरोना संक्रमितहरुले छुट्टा छुट्टै मतदान गर्ने व्यवस्था मिलाईएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । मतदानका लागि ७२ घण्टा भित्र कोरोना परिक्षण गरेको रिपोर्ट अनिवार्य देखाउनु पर्ने छ ।

प्रत्येक मतदान केन्द्रमा २÷२ जना स्वास्थ्यकर्मीहरुलाई खटाउने व्यवस्था गरिएको कुँवरको भनाई छ । एउटा मतदान केन्द्रमा ११ जना कर्मचारी खटिने छन् । जस अनुसार एक जना उपसचिब मतदान अधिकृत, एक जना शाखा अधिकृत सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी, २ जना स्वास्थ्यकर्मी र २ जना सहयोगी कर्मचारीहरु खट्ने छन् । उमेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिएको र चुनाब चिन्ह समेत प्रदान गरिसकेकाले अब फिल्ड तयार तथा कर्मचारी छनोटको काम सुरु हुने छ ।

मतदान स्थल कर्मचारी मिलन केन्द्रमा आबस्यक संरचनाहरु निर्माण गर्ने र आबस्यक कर्मचारीहरुको छनोट हुने उहाँको भनाई छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतकारुपमा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापा र सहायक मतदान अधिकृतमा निर्वाचन कार्यालयका निमित्त प्रमुख निमराज भटराईलाई तोकिएको छ । निर्वाचनका लागि बजेटको भने अझै टुंगो लागेको छैन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर