दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु

तुलसीपुर, १८ असार ।

दाङमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा सोही वडाको रानागाउँ बस्ने ५१ वर्षीय ताराकुमारी गुरुङको मृत्यु भएको हो ।

मंगलबार दिउसो खोला पार गर्ने क्रममा बगेर मृत्यु भएका उनको शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।

खेतमा काम गर्दै गर्दा शौच गर्न खोला किनारमा गएको समयमा एक्कासि आएको बाढी बगाउँदा महिलाको मृत्यु भएको हो । दाङमा नियमित बर्षाका कारण वर्षाका कारण खोलाहरूमा बाढी आएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर