एम्बुलेन्स चालकद्वारा उपचारमा सहयोग

तुलसीपुर,३० असोज ।

माटोको ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी २२ बर्षीया संगीता विश्वकर्माको उपचारको लागि दाङका एम्बुलेन्स चालकले सहयोग गरेका छन् ।

बिकको आर्थिक अबस्था कम्जोर हुँदा उपचारमा समस्या भएको भन्दै नेकपाका युवा नेता मोहन पौडेल लगायतको पहलमा दाङका एम्बुलेन्स चालकहरुले १० हजार रुपैया संकलन गरेका छन् ।

बिकको उपचारमा अmभे डेढ लाख लाग्ने भन्दै उपचारकालागि सहयोग संकलन थालिएको हो । घर लिप्नका लागि माटो ल्याउने क्रममा ढिस्कोले पुरिएर गम्भीर घाईते भएकी उनको यस अघि पनि पौडेलकै सहयोगमा आर्थिक संकलन गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर