तुलसीपुरमा १३ सदस्यीय मानब अधिकार समूह गठन
तुलसीपुर, १९ कात्तिक ।
दाङको तुलसीपुर उपमहानगरपालिका स्तरीय मानब अधिकारी समूह गठन गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मंगलबार तुलसीपुरमा १३ सदस्यीय समूह गठन गरेको हो । दोलखबहादुर खत्रीको अध्यक्षतामामा नगर स्तरीय समूह गठन गरिएको हो । जसको उपाध्यक्षमा तुलसा पोखरेल, सचिबमा प्रवेशिका गौतम, कोषाध्यक्षमा शुसिला न्यौपानेलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा गीता राणा, शोभा शर्मा, ममता डाँगी, हुमकान्त कंडेल, तुलसीराम आचार्य, शुसीला भण्डारी, सीता चौधरी, देवबहादुर डिसी र मधु योगी रहेका छन् ।
ईन्सेकका सहजकर्ता बिनोद केसी मानब अधिकार सञ्जालका संयोजक केशव कुमार शर्माको सहभागितामा उक्त समूह गठन गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमख माया आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
इन्सेकले दाङका घोराही र तुलसीपुर उपमहानगरपालिकामा तीन बर्षे मानव अधिकार संरक्षण र संबद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको अभिबृद्धी कार्यक्रम लागु गरेको छ ।
महिला, बालबालिका, दलित, पछाडी परेका समुदायलाई सरकारका सेवाको पहुँच सम्म पु¥याउने र आर्थिक, सामाजिक, साँस्कृतीक अधिकारको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, खाद्य, आबासको अधिकार सुरक्षित गर्न पहल गर्ने उदेश्य राखेर उक्त कार्यक्रम लागु गरिएको सहजकर्ता केसीले बताए । दुई उपमहानगरपालिकामा कार्यक्रम सञ्चालन गर्न सवा दुई लाख रुपैयाँ बजेट रहेको छ ।