भारतले नेपाललाई अन्याय ग¥यो: पहाडी
तुलसीपुर, २६ मंसिर ।
मानव अधिकारकर्मी कृष्ण पहाडीले नेपाललाई भारतले पटक–पटक अन्याय गरेको बताए ।
तुलसीपुरमा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले भने‘ भारतले सीमा मिचेर नेपाललाई पटक–पटक अन्याय गरेको छ, केही समय अघि नेपालको सीमा मिचेर सार्बजनिक गरेको नक्सा भारतले फिर्ता लिनुपर्छ ।’
लिपुलेख, कालापानी, लिम्पीयाधुरा नेपाली भूमि भएको त्यो भूमि फिर्ता गर्न आफुहरु जस्तोसुकै कदम चाल्न समेत तयार रहेको बताए । यसैबीच शुक्रबारदेखि मानवअधिकार तथा शान्ति समाजको २२ औ राष्ट्रिय परिषद बैठक हुदैछ । त्यसको तयारी पूरा भएको दाङ शाखा सभापति शरद रेग्मीले बताए । बैठकमा ठूला देशले उत्सर्जन गरेको कार्वनडाइअक्साइडका कारण नेपालले भोग्नु परेको समस्या, यसले पारेको असर, लागुऔषध मदिरा दुव्र्यसनी विरुद्धको कार्यक्रम लगायत ६ वटा सैद्धान्तिक र ६ वटा नीतिगत संस्थागत प्रस्ताव गरेर १२ प्रस्तावमा व्यापक छलफल गरिने कोषाध्यक्ष अमृत शर्मा जानकारी दिए ।