वीरगञ्जमा थप दुई पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

वीरगञ्ज, १३ वैशाख ।

वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको पुष्टि छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो । अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो । संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर