सिनेटको निर्णय मान्छौं, मन्त्रालयको मान्दैनौ ः प्रतिष्ठान निर्देशक पन्थी

घोराही, १६ वैशाख ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सागर पन्थीले प्रधामन्त्री केपि शर्मा ओलिको अध्यक्षतामा बसेको प्रतिष्ठानको तेस्रो सिनेट सभाले अस्पताल हाताभित्र रहेको साझा स्वास्थ्य हटाई आफ्नो अस्पतालको फार्मेसी चलाउन निर्णय गरेकाले त्यो निर्णयवाट दायावाया नहँुने बताएका छन् । तर मंगलबार स्वास्थ्य मन्त्रालयका सचिब स्तरीय निर्णय भनेर साझा सञ्चालन गर्न पठाएको पत्रलाई आफुहरुले स्वीकार नगर्ने उनले बताए ।

मन्त्रालयले सचिवस्तरीय निर्णय भन्दै साझा स्वास्थ्य सेवा सुचारु गरीदिन दाङका जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाएको थियो ।

उक्त पत्र प्रतिष्ठानमा नआएको र यस वारे आफुहरुलाई थाहा नभएको उनले बताए । अस्पताल निर्देशक पन्थिले प्रतिष्ठान स्वायत्त संस्था भएकाले यसको आफ्नै ऐन नियम रहेको भन्दै साझा हटाउने विषयमा प्रतिष्ठानको सिनेट सभामा प्रधानमन्त्रीको प्रष्ट निर्देशनसहित सिनेट सभाको निर्णय रहेको र प्रतिष्ठानको कुलपतिले गरेको निर्णय नै आधिकारीक भएकाले सोही निर्णय नै प्रतिष्ठानको निर्णय हुने बताए । गएको असारमा साझा सम्झौताको म्याद सकिएको हो । प्रतिष्ठानले आफ्नो फार्मेसी चलाउने सिनेट सभाले र यसअघिका सरकारले निर्णय गरेको भन्दै यसमा वहस गर्न आवश्यक नरहेको बताए । अस्पतालको फार्मेसीमा पर्याप्त औषधी रहेको समेत उनले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर