तुलसीपुरमा खुुकुरी प्रहारवाट , दुई जना गम्भीर घाइते

तुलसीपुर, ३० बैशाख ।
दाङमा खुकुरी प्रहारवाट दुई युवा घाइते भएका छन् । सोमबार राति पौने ९ बजेतिर खुकुरी प्रहार हुँदा तुलसीपुर उपमहागनरपालिका वडा नं. ६ गोलौरा निवासी २९ बर्षीय टीकाराम बस्नेत र सोही ठाउँ निबासी २८ बर्षीय प्रकाश नेपाली गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले बताए ।
तुलसीपुर उपहानगरपालिका वडा नं. १२ एयरपोर्ट निवासी १९ बर्षीय सुरेश डाँगीको खुकुरी प्रहारवाट गम्भीर घाईते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । बस्नेतको अनुहारमा र नेपालीको टाउकोमा चोट लागेको छ ।
गोलौरा स्थित सरस्वति टोलमा खुकुरी प्रहार भएको हो । प्रहार गर्ने डाँगीलाँई प्रहरीले नियन्त्रणमा लिएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।