‘शिक्षण अस्पतालका कोही पनि स्वास्थ्यकर्मी संक्रमित छैनन्’

तुलसीपुर, ३ जेठ ।

कोरोना संक्रमित भनिएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का ३४ बर्षीय पुरुष शिक्षण अस्पतालका स्वास्थ्यकर्मी नभएको अस्पतालले बताएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि गरेका ति ब्यक्ति शिक्षण अस्पतालमा कार्यरत रहेको भनी सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि बिज्ञप्ति जारी गरि अस्पतालमा तुलसीपुर, ७ ठेगाना भएका कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि नभएको बिज्ञप्ति मार्फत जानकारी गराएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले शनिबार बिज्ञप्ति जारी गरि यस्तो बताएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको गैरजिम्मेवार अभिब्यक्तिले यसरी भ्रामक समाचार वाहिर आएको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि हुने गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर