मुस्लिम संगठन नेपाल द्वारा प्रेस विज्ञप्ति जारी
जेष्ठ, ७ , कपिलवस्तु
कोरोना भाइरस (COVID19) विश्व भरमा महामारीको रुपमा फैलिएको छ। यस भाइरसको प्रभाव नेपालमा बढदै गई रहेको कारण देश भयवाह अवस्था बाट गुज्रिरहेको छ। यो महामारी बाट संक्रमित भई विश्वमा लाखौ लाख मानिसहरु आफ्नो ज्यान गुमाइ सकेका छन्। यो अवस्थामा नेपाल सरकारले दिएको निर्देशन लाई पूर्ण रुपमा पालना गर्न देशका सबै समुदाय को कर्तब्य पनि हो। “आफू बचौ र देश लाई बचाउनमा” आआफ्नो स्तरबाट सहयोग पनि गरौं। यो निर्देशन देशका सबै जाति,धर्म,वर्गका लागि आफ्नो आफ्नो समुदायमा रहेका सचेत जिम्मेवार नागरिकको परिचय दिएर कडा रुपमा लागू गर्ने र गराउनु पर्ने अवस्था रहेको छ। महामारी धर्म सम्प्रदाय देखेर आउदैन विशेष गरि मुस्लिम समुदायको पबित्र महिना रमजान चाल नपाउने गरि आयो र त्यसै गरि बिदा हुन लागेको सर्वबिदितै छ। यहाँ सम्पुर्ण मुस्लिम दाजुभाई तथा दिदीबहिनी हरुमा हाम्रो तर्फ बाट महान चाड ईदुल-फित्रको पावन अवसरमा हार्दिक शुभकामना “ईद मुबारक”। छाती मा ढुङ्गा राखेर एउटा सानो बिन्ती यहाँ समक्ष राख्न हिम्मत जुटाएका छौ। हाल मुलुक कोरोना महामारी बाट जुधिरहेको र lockdown को कारण देशको जनता आर्थिक मन्दीको मार झेली रहेको अवस्था तथा मुस्लिम समुदाय विशेष परिस्थिति र तनाव बाट गुज्रिरहेको विषय हामी सवै लाई ज्ञात नै छ। थोरै शब्दमा यो आग्रह गर्दा हामीलाई लज्जाबोध हुनुकासाथ गर्व पनि महसुस हुँदैछ कि हामी यो अपील/ आग्रह त्यस समुदाय (कौम) को अगाडि गर्दैछु जसको इतिहास साक्षी छ कि जसले सादा जिवन एवम टालेको पोसाक अगाडी रेशमको कपडा व सान घमण्डको जिवन लाई नकारी दिएको। रमजान र ईदुल-फित्रलाई लक्षित गरि निम्नलिखित बूदाहरुमा विशेष ध्यान दिनको लागि यसै प्रेस विज्ञप्ति मार्फत अपील गर्द्छौ:- १)बर्तमान परिस्थितिमा पबित्र महिना रमजान र यहाँ हरुको उपसना (इबादत) को खुशीमा ईदको लागि नयाँ लुगा नलिउ हामी यहि पैसा बचत गरेर आवस्यक, आसहाय गरीब का लागि महादान गरौं। २)पवित्र महिना रमजानमा जसरी नेपाल सरकारको निर्देशनको पालन गरेका छौ त्यस्तै अझ बढी संबेदनसिल भइ महान चाड ईदुल-फित्रमा पनि समुदायका सबै ले नेपाल सरकारको निर्देशन अनुसार लाकडाउनको पालना गरौ। ३)हाल सबैको चर्चा र चासोको बिषय अलबिदा( रमजान महिना को अन्तिम शुक्रबार) को नमाज र ईदुल-फित्रको नमाज कसरी सम्पन्न गर्ने बिषय, आ-आफ्नो जिल्ला को परिस्थिती र त्यहा को स्थानीय प्रशासन, धर्मगुरु(मुफ्ती /मौलाना)ज्युहरु, राजनितिककर्मी र बुधिजिवीहरुको सामुहिक छलफल बाट नियम कानुन को दायरा मा रहि उचित निर्णय गर्ने। ४)स्थानिय सरकारले मागेको सूचना तत्काल उपलब्ध गराउने। ५)प्रशासनले नेपाल सरकारको निर्देशन पालनामा समुदायको सहयोग चाहिएमा सहयोग गर्ने। ६)समाजलाई खलबलाउने खालका समाचार बारे तत्काल प्रशासन लाई जानकारी गराउने। ७)देश-विदेश बाट आएका व्यक्तिको बारेमा तुरन्त प्रशासनमा जानकारी गराउने। ८)हामी सबै समाजिक संजालमा आफ्नो कुरा राख्दा जिम्मेवार र संयमीत भएर राख्ने। ९)हामी नेपाली मुस्लिम हौँ, बहुल धार्मिक समाजको एक हिस्सा हौं, हामी देश प्रतिको जिम्मेवारी निर्वाह गरि राखेका छौं भन्ने अनुभुती गराउने। १०)प्रहरी प्रशासन, स्वास्थ्यकर्मि र सफाईकर्मचारी हरुको काममा पूर्ण रुपमा सहयोग गर्ने। [नेपाल सरकार लाई सुझाव] १:-समाजिक संजाल र केही संचार माध्यमबाट धर्म विशेषलाई लक्षित गरि समाजलाई खलबलाउने गरि प्रचार प्रसार व समाचार सम्प्रेषण गर्ने गराउने लाई छानबिन गरि उचित कार्यवाहि गर्ने। २:-व्यक्तिका कमीकमजोरी तथा गल्तीलाई लिएर पुरै मुस्लिम समुदायहरु प्रति नकारात्मक टिका टिप्पणी गर्ने व्यक्ति छ भने उक्त व्यक्तिको बारेमा छानबिन गरि उचित कार्यवाहि गर्ने। ३:-धर्मका नाममा झूठो एंव भ्रमक अभिव्यक्ति दिइ विश्वले सामना गर्नु परि रहेको महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट उत्पन्न विपतको लाभ लिई झूठो भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई समाजिक संजालमा शेयर गर्ने व्यक्तिको बारेमा छानबिन गरि उचित कार्यवाहि गर्ने । ४:-कोरोना भाइरस बाट संक्रमित व्यक्तिको पहिचान खुल्ने गरि तस्विर सहित वैयक्तिक गोपनीय प्रतिकुल हुने गरि समाग्री सम्प्रेषण गर्ने व्यक्ति व संस्था को पहिचान गरि उचित कार्यवाहि गर्ने। ५:-कोरोना भाइरस बाट देशका जनता त्रासित भएको समय दूध, तरकारी, फलफूल खाद्यान्न वस्तु, औषधीको अभाव हुन नदिने र यस्ता समयमा कालोबजारी गर्ने व्यापारीहरुको पहिचान गरि उचित कार्यवाहि गर्ने Stay at Home! Nepal Fights Corona भन्दै मुस्लिम संगठन नेपालका संयोजक सेराज अहमद फारूकी र उक्त संगठन का सह संयोजक अतहर हुसेन को हस्ताक्षरित मा उक्त विज्ञप्ति प्रकाशित गरिएको छ ।