दाङको शान्तिनगरमा १० बेडको आइसोलेसन
तुलसीपुर, ९ जेठ ।
दाङको शान्तिनगर गाउँपाकिलाले १० वेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै गाउँपालिकाले आइसोलेसन कक्ष स्थापना गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए । उनका अनुसार शान्तिनगर २ स्थित माबि सिमसुन्दरपुरमा उक्त आइसेलेसन सञ्चालनमा ल्याईएको हो । पछिल्लो समय दाङमा पनि संक्रमितको संख्या बढ्दै गएको भन्दै पूर्वतयरी स्वरुप गाउँपालिकाले आइसोलेसन बनाएको उनको भनाई छ । साथै गाउँपालिकाले सबै वडामा क्वारेन्टाइन पनि सञ्चालनमा ल्याएको छ ।