दाङको बेलझुण्डीबाट ८ जना डिस्चार्ज
तुलसीपुर, २९ जेठ ।
दाङको कोरोना विशेष अस्पताल वेलझुण्डीबाट ८ जनाको डिस्चार्ज गरिएको छ । अस्पतालका व्यबस्थापक दोर्ण वलीका अनुसार विहीबार कोरोनालाई जितेर घोराहीका ४ जना र लमहीका ४ जना घर फर्केका हुन् ।
यो संगै बेलझुण्डीबाट अहिलेसम्म ४० जनालाई डिस्चार्ज गरिएको उनले बताए । अहिले बेलझुण्डीमा ३० जना संक्रमितको उपचार भइरहेको छ ।