तुलसीपुरबाट एक विप्लवका नेता पक्राउ
तुलसीपुर, ५ असार ।
दाङमा विप्लवका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विहीबार घोराही–१० नारायणपुरबाट उनलाई पक्राउ गरेको हो ।
विजौरी, मानपुर र डुरुवाका ईञ्चार्ज तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ विजौरी निवासी ४० बर्षीय मदन केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । उनलाई ग्वारखोलामा स्काभेटरमाथि आगजनी गरेको आरोप लागेपनि यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ