यी हुन् वडाध्यक्षलाई आक्रमणको आरोपमा पक्राउ परेकाहरु

तुलसीपुर, १७ असार ।

दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगीलाई आक्रमणको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ४ घरभई हाल तुलसीपुर उपमहानगरपालिका ५ मासुमार्केट बस्ने भिमबहादुर शाहीका २९ बर्षीय छोरा अर्जुन शाही, शान्तिनगर गाउँपालिका वडा नं.२ सिमसुन्दर बस्ने ५१ बर्षीय ईन्द्रबहादुर वली र शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटी निवासी ३८ बर्षीय रेशमबहादुर विकलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको हो । उनीहरुले डाँगीलाई १२ बजे कार्यकक्षमै बसिरहेको अबस्थामा फलामको रड प्रहार गरि घाइते बनाएका थिए । घाईते डाँगीको काठमाडौंमा उपचार भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर