एनआईसी एसियाद्वारा नयाँ व्याजदर सार्वजनिक
तुलसीपुर, २१ असार ।
एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोरोनाका कारण व्यवसाय रोकिएको अहिलेको अवस्थामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको वैकका तुलसीपुर शाखा प्रमुख रमेश रेग्मिले वताए ।
यो योजनामा बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शूल्क (सेवाशुल्क)मा उक्त कर्जाहरु उपलब्ध गराउने जानकारी दिएको छ । यस्तो ब्याजदर एक वर्षसम्म परिवर्तन हुने छैन् ।
सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद जस्ता कामका लागि ऋण लिनसक्ने छन् ।
यसरी ऋण लिँदा ऋणको अवधी पाँच देखि ३० वर्षसम्म हुने छ । घर कर्जा योजनामा अधिकतम एककरोड ५० सम्म ऋण पाइने छ ।
घर निर्माण गर्नेको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म ऋण दिनसक्ने छ । घर निर्माणका लागि अधिकतम ५ वर्षसम्म ऋणीले ब्याजमात्र तिरे हुन्छ । त्यस्तै ऋणको वार्षिक किस्ता ऋणी आफैले निर्धारण गरेर पनि तिर्नसक्ने बैंकले जानकारी दिएको छ ।
सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजि तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि ऋण पाउन सकिने छ । अन्य बैंकबाट सवारी कर्जा लिइरहेकाले पनि सारेर एनआइसीको यो योजनाको सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ । यो योजनामा अधिकतम २ करोडको ऋण तोकिएको छ । यस्तो ऋण लिंदा सवारी धितो राखेमा ऋणको अवधि १० वर्षको र सवारी र घजग्गा सयुक्त धितो राखेमा १५ वर्षको अवधि हुने छ ।
साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको अवस्थामा साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ ।
यो योजनामा उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकताअनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने छन् । यो ऋणको अधिकतम सीमा १ करोड तोकिएको छ ।
सुपर चमत्कारिक कर्जा योजनामा आवश्यक कागजपत्र पुगेपछि ४८ घण्टाभित्र निर्णय दिने बैंकले प्रतिबद्धता जनाएको शाखा प्रमुख रेग्मीले बताए ।