थप १२२८ जनामा कोरोना सङ्क्रमण, ९१७ जना डिस्चार्ज

दाङ, १८ भदौ ।
नेपालमा कोरोना सङ्क्रमितको संख्याया ४२ हजार आठ सय ७७ पुगेको छ । गएको २४ घण्टामा दाङका चार जना सहित एक हजार दुई सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जिल्लामा पुष्टि भएकाको भने ठेगाना खुल्न सकेको छैन ।
पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा नौ सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या २४ हजार दुई सय सात पुगेको छ ।
अब नेपालमा १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै ६ हजार सात सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज काठमाण्डौमा तीन सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना सङ्क्रमित थपिएका हुन ।