रुपन्देहीमा टिपरको ठक्करले प्रहरीको मृत्यु

बुटवल, २८ भदौ ।

रुपन्देहीमा टिपरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरको ठक्करबाट शनिबार साँझ प्रहरी जवान अमित श्रेष्ठको ज्यान गएको हो । दुर्घटनामा अर्का प्रहरी जवान सन्तोषी थारु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, बागलुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत थारु सवार स्कुटरलाई लु१ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो । गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले बताए ।

घाइते प्रहरी जवान थारुको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको दाहिने हात भाँचिएको छ । प्रहरीले टिप्पर नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर