थप ८२१ जनामा कोरोना संक्रमण

मंसिर २९, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ रहेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट १७१६ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर