शिक्षासंगै सचेतना दिदै‘सक्सेस’

तुलसीपुर,१८ माघ ।

वालवालिकाको भबिष्य विद्यालयले निर्धारण गर्छ । त्यसकालागि विद्यालयले किताबी ज्ञानसंगै सचेतना पनि प्रदान गर्नुपर्छ । यही कुरालाई मध्येनजर गर्दै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित सप्तरंगी ईगंलिस मिडियम स्कुल(सक्सेस)ले विद्यार्थीहरुलाई सचेतना अभियान सञ्चालन गरेको छ । आईतबार विद्यालयमा एक कार्यक्रम गरि बालबालिकाहरुको उचित हेरचाह, उनीहरुको संरक्षण र सकारात्मक उत्प्रेरणका लागि सचेतना प्रदान गरेको हो ।

बिद्यालय सञ्चालक समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता एवं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख शिव बहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रहरी प्रमुख सिंहले विद्यार्थीहरुलाई प्रशिक्षण दिदैबालवालिकाको भविष्यप्रति अभिभावक र शिक्षक संवेदनशिल बन्नुपर्ने बताए ।

विद्यार्थीहरु मोवाईल, टिभिजस्ता बस्तुहरुको अत्याधिक प्रयोग गर्ने भएकाले कुलत, दुव्र्यसनी,लागुऔषध जस्ता गतिविधीहरुमा संलग्न हुने गरेको भन्दै यसमा अभिभावकहरु सचेत हुनुपर्ने उनको भनाई थियो । सानो लापरवाहीले समाजमा ठुलो दुर्घटना निम्त्याउन सक्ने भन्दै यसतर्फ सचेत हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा उनले बालबिवाह, बहुबिवाह, सामाजिक दुव्र्यवहार, महिला हिंसा, घरेलु तथा लैङगिक हिंसा, गालिबेईजती, जवरजस्ती करणी लगायतका सामाजिक अपराध र दण्ड जरिवाना एवं कानुनी कारवाहीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा वडा नं. ९ का वडासदस्य रुपलाल चौधरी,प्याव्सन तुलसीपुर नगरका अध्यक्ष गिरीराज डाँगी , संचारकर्मी, सुरक्षाकर्मी , शिक्षक अभिभावक लगायतको सहभागिता रहेको थियो ।

विद्यालयका प्रिन्सीपल छविकुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिद्यार्थीद्धोय कृति गिरी र मनोज लामिछानेले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर