विराटनगरमा १ पुरुषको हत्या
चैत २९, विराटनगर ।
विराटनगरमा एकजना पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका-८ बलुवाइका ५२ वर्षीय रवि सहनीको हत्या भएको हो ।
घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहनीको माइला छोरासँग विवाद भएको थियो । माइला छोरो रवि शनिबारदेखि नै फरार भएका छन् ।घरायसी झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो । मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ ।