तुलसीपुरका कोरोना संक्रमित एक सुत्केरी महिलाको निधन

तुलसीपुर, ६ बैशाख ।

 तुलसीपुरकी कोरोना संक्रमित एक सुत्केरी महिलाको बाँकेको भेरी अस्पतालमा सोमवार विहान निधन भएको छ । तुलसीपुर ६ बस्ने २० बर्षिया एक महिलाको सोमवार विहान भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उहालाई गएको चैत ३० गते कारोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनु भएको छ ।

उहा भरखरै सुत्ेकरी हुनु भएको थियो । उहाको अढाई महिने नवजात शिशु रहेको छ । उहाका सासु आमा र भाईलाई पनि कोरोना संक्रमण देखीएको छ । उहाका भाईलाई कोरोना विशेष अस्पताल बेलझुण्डि र सासु आमाको भेरी अस्पतालमा भर्ना भएको फोकल पर्सन केसीले जानकारी दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर