करेन्ट लागेर दाङमा दुई जना घाइते

दाङ असार ६- तुलसीपुर उपमहानगरपालिका–१० वनगाउँमा करेन्ट लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ५ः३० बजेतिर लत्रिएको विद्युत तारमा मोटरसाइकल र साइकल जाँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार वनगाउँबाट तुलसीपुर बजारतर्फ जाँदै गरेको रा. १ प. ७७७० नम्बरको मोटरसाइकल र एक साइकल जाँदा विद्युत् प्रवाह भइरहेको लत्रिएको तारमा छोएको कारणले करेन्ट प्रवाह हुँदा घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता सूर्य रानाका अनुसार तुलसीपुर–११ बेलगनार निवासी ४८ वर्षीय देसुराम चौधरी र तुलसीपुर–१० वनगाउँ निवासी ५२ वर्षीय चक्रपाणि अधिकारी रहेको बताउनुभयो । घाइते दुवैको उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर