७५ हजारको वासिङ मेसिन सहयोग,

तुलसीपुर, १ जेठ ।

 तुलसीपुर चेम्वर अफ कर्मशले तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको अक्सिजन सहितको आईसोलेसन सेन्टरलाई ७५ हजार मुल्य बराबरको वासिङ मेसिन सहयोग गरेको छ । तुलसीपुर ८ अश्वारामा सन्चालित आईसोलेसनका लागी उक्त मेसिन सहयोग गरिएको कर्मसका अध्यक्ष टोप बहादुर घर्तिले जानकारी दिनुभयो । कोरोना माहामारीको समयमा उपमहानगरपालिकाले संक्रमित विरामीहरुका लागी सन्चालनमा ल्याएको आईसोलेसन सेन्टरमा सहज होस भनेर आफुहरुले सहयोग गरेको उहाले बताउनुभयो ।

कर्मसका अध्यक्ष घर्ति लगाएतका पदाधिकारीले नगर प्रमुख घनश्याम पाण्डेलाई सामग्री हस्तान्तरण गर्नु भएको हो । सामग्री ग्रहण गदै नगरप्रमुख पाण्डेले सहयोग गरेकोमा उपमहानगरको तर्फबाट धन्यावाद पत्र प्रदान गर्नु भएको थियो । उपमहानगरपालिकाले कोरोना संक्रमित विरामी वेड र अक्सिजनको अभावमा छटपटाई रहेको अवस्थामा सुविधा सम्पन्न आईसोलेसन सेन्टर सन्चालनमा ल्याएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर