थप २८० जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं २९ मंसिर ।
पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२१२ जनाको पीसीरआर परीक्षणमा २५२ जना र २,७८२ एन्टिजेन परीक्षणमा २८ जना गरी २८० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३०० रहेको छ भने ६ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६३५ रहेको छ ।
पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये ११८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।