दूरसञ्चार क्षेत्रको विकृति हटाउनु पर्नेमा मन्त्री शर्माको जोड

काठमाडौं,२० फागुन ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएकी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नीतिगत, कानुनी तथा संरचनागत रुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । उनले दूरसञ्चार क्षेत्र भित्रका विकृति र विसंगतिहरूलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

मन्त्री शर्माले ग्रामीण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरूको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न ढिलो गर्न नहुने बताइन् । मन्त्री शर्माले साइबर सुरक्षा, गोपनीयता र तथ्यांक सुरक्षा कायम गर्न आवश्यक नीतिगत र कानुनी कार्य सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिइन् । दूरसञ्चार पूर्वाधारमा भइहरेको अनावश्यक दोहोरो लगानीलाई न्यून गरी दूरसञ्चार सेवालाई सस्तो बनाउन दूरसञ्चार पूर्वाधार छिटो, छरितो रुपमा विस्तार गरी सेवा सर्वसुलभ बनाउनु पर्ने उनको धारणा छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर