सितलहरका कारण शैक्षिक संस्था बन्द

कोहलपुर माघ ९ – चिसोको प्रभाव बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयहरूमा तीन दिनको बिदा दिइएको छ। शीतलहरको कारण विद्यालय सञ्चालनमा कठिनाई आएपछि आजदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाका अनुसार, मौसमका प्रतिकूलताका कारण विद्यालयहरूमा शीतकालीन बिदा दिइएको हो। उनका अनुसार, यस निर्णयको पछाडि मुख्य कारण शीतलहरको असरले विद्यालयका गतिविधिहरूमा गम्भीर असर पर्न पुगेको हो।

अभिभावकहरूले पनि विद्यालयमा यस्ता परिस्थितिहरूमा छुट्टीको लागि अनौपचारिक रूपमा अनुरोध गरेका थिए। यसलाई ध्यानमा राख्दै, नगरपालिका र विद्यालयहरूले शीतकालीन बिदा दिने निर्णय गरेका छन्।

नेपालगञ्जमा चिसोको असर बढेपछि विद्यार्थी र शिक्षकहरूको स्वास्थ्यमा पनि असर पर्ने अवस्था देखिएका कारण यस्तो कदम चालेको महाशाखा प्रमुख थापाले बताए।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर