दाङमा फरार रहेका सहचालक नौ वर्षपछि पक्राउ

दाङ वैशाख १६, – दाङमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएपछि फरार रहेका सहचालक नौ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर–१५ मलवारका ३६ वर्षीय कृष्णबहादुर चौधरीलाई पक्राउ गरेको हो ।
२०७२ साल मङ्सिर १७ गते दिउँसो सहचालक चौधरीले चलाएको ना ५ ख ७३१९ नम्बरको बसले रा ३ प २७२३ नम्बरको स्कुटरलाई तुलसीपुर–६ गुम्राहचोक ठक्कर दिँदा स्कुटर चालक रुकुमको खाराका दिवाकर वलीको ज्यान गएको थियो ।
दुर्घटनापछि फरार चौधरीलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।