कोहलपुर – नेपालगञ्जमा विद्युत झ्याप्प झ्याप्प

कोहलपुर जेड २८- सामाजिक सञ्जालमा हिंजोआज विद्युत प्राधिकरणलाई गाली गरेका र व्यंग्य गरेका स्टाटस आइरहेका छन् । विद्युत आपूर्ति अनियमित भएको भन्दै सर्वसाधारणले सञ्जालमा विद्युत प्राधिकरणप्रति आक्रोश पोखेका छन् । कोहलपुर नेपालगञ्जमा विद्युत झ्याप्प झ्याप्प जाने गरेपछि आम नागरिकहरु आक्रोशित हुदै विद्युतका विषयमा बिभिन्न धारणा राख्ने गरेका छन ।

अनि विद्युत प्राधिकरणका निर्देशक र मन्त्रीलाई समेत तिखो प्रहार गरिरहेका छन् । छिनछिनमै आउने–जाने भइरहेको बिजुलीले सबैभन्दा बढी गर्मी हुने बाँकेसहित धेरैतिर जनजीवन प्रभावित भएको छ । कोहलपुर र नेपालगञ्ज क्षेत्रमा त लगातार विद्युत आपूर्ति अवरूद्ध भइरहँदा सर्वसाधरण हैरान छन् ।

विद्युत बढी आवश्यकता पर्ने साँझ बिहान र रातीको समयमा वढी जाने गरेका कारण उपभोक्ता हैरान भएका हुन् । गर्मी पनि रहेकोले विद्युत अभावमा सुत्न समेत समस्या हुने गरेको कोहलपुर र नेपालगञ्जका स्थानीय बताउँछन् । गत वर्षको तुलनामा विद्युत बढी जाने र लो भोल्टेज हुने गरेको छ ।

जति बेला बक्तिको आवश्यकत हो त्यती बेला विजुली जान्छ । नेपालमा उत्पादन भएको विद्युतको मात्र प्रयोग भएकोले समस्या आएको प्राधिकरणले बताएको छ । नेपाल विद्युत प्राधिकरण कोहलपुर र नेपालगञ्ज वितरण केन्द्रले विद्युत आपुर्तिको प्रणालीमै समस्या भएको बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर