जेठ महिनामा मात्रै बाँकेमा ४७ जना फरार अभियुक्त पक्राउ

कोहलपुर असार ६- जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा मात्रै बाँकेमा ४७ जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जनाएको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका ४७ अभियुक्तलाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

उनले पक्राउ परेका फरार अभियुक्तबाट एक करोड आठ लाख ८४ हजार २५५ रुपियाँ राजस्व समेत सङ्कलन गरिएको पनि बताए । अदालतले सजाय तोके पनि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सरकारको नीति अनुसार अदालतमा बुझाइएको एसपी घर्तीमगरले बताए ।

केही समयअघि जिल्लामा सुरु गरिएको फरारहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत हरेक महिना ५० जना जतिको हाराहारीमा फरारहरुलाई पक्राउ गर्ने कार्य भइरहेको जनाउँदै प्रहरी उपरीक्षक घर्तिमगरले सो अभियान निरन्तर जारी रहने जनाए ।

उनले जेठ महिनामा ५२ लाख ३७ हजार ८८२ रुपियाँ बराबरको भन्सार छलीको अबैध सामानसहित चार वटा मोटरसाइकल, एक ई–रिक्सा र एउटा कार नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाएको बताए।

यसैगरी, प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार १७५ वटा सवारी साधनलाई कारबाही गरी २५ लाख १२ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ । एक महिनाको अवधिमा १०१ वटा मुद्दा दर्ता भएकोमा उजुरी परेका १०७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको एसपी घर्तीमगरले जानकारी दिए । उनले ४७ जना फरार अपराधीलाई पक्राउ गरी पाँच वर्ष तीन महिना कैद असुल उपर गरिएको पनि बताए ।

लागु औषध दुर्व्यसन र ओसारपसारविरुद्ध कडा रूपमा प्रस्तुत भएको बाँके प्रहरीले ७३८ ग्राम ४७४ मिलिग्राम ब्राउनसुगर, ३०० मिलि लिटर कोरेक्स, १११ किलो गाँजा, तीन हजार सात ६० मिलिग्राम चरेश, ५० ट्याब्लेट ट्रामाडोल र ७० ट्याब्लेट नाइट्रोजेपामसहित ओसारपसार तथा सेवन गर्ने ३४ जनालाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर