कांग्रेसको दबावपछि भूमि विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

काठमाण्डौ असार २५,– नेपाली कांग्रेसले विरोध गरेपछि सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आजको कार्यसूचीबाट भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाएको छ ।

विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने कांग्रेसको माग छ । विधेयकमा संशोधन गर्ने कांग्रेस सांसदहरूले कार्यसूचीमा नराख्न दबाव दिएका थिए । आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गरेर रास्वपा र राप्रपाले बैठक बहिष्कार गर्दै आएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर