सभाहल निर्माणकोकाम ७५ प्रतिशत पूरा
तुलसीपुर, १६ असोज ।
दाङको तुलसीपुरमा निर्माण भईरहेको सभाहलको काम ७५ प्रतिशत पूरा भएको छ ।
निर्माण समितिका संयोजक बिमल रिजालका अनुसार अहिलेसम्म ७५ प्रतिशत पूरा भएको र अबको केही महिनाभित्र सबै काम पूरा हुने उनको भनाई छ । यस क्षेत्रका सरोकारवाला ब्यक्ति, समाजसेवी, उद्योगपति, महायज्ञ, महोत्सवलगायतबाट संकलन भएको करिव सवा दुई करोड रुपैयाँमा उक्त सभाहल निर्माणको काम शुरु भएको हो ।
साथै उक्त सोही सभाहलकालागि बुधबार तीनलाख रुपैँया सहयोग गरिएको हो । तुलसीपुर उद्योग बाणिज्य संघले तुलसीपुर ९ दोघरेमा निर्माण गर्न थालेको सभाहलकालागि स्वर्गीय नरेश्वर सापकोटा र चन्द्रकली सापकोटाको स्मृतिमा उक्त रकम सहयोग गरिएको हो ।
संघका अध्यक्ष बिरबहादुर रावत र भवन निर्माण समितिका सयोजक बिमल रिजाललाई चेक हस्तान्तरण गरिएको हो । २०७२ माघमा सभाहल निर्माणार्थ अरणीको मैदानमा लगाईएको महापुरानमा सापकोटा परिवारले तीन लाख सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेको थियोे । सो अबसरमा आफ्ना बुवाले बोलेको रकम आज बुधबार बार्षिक पुण्य तिथिको अबसरपारेर छोराहरु केशब सापकोटा र शोभाकर सापकोटाले बाणिज्य सङघलाई चेक हस्तान्तरण गरेका हुन् ।