समाजवादको पक्षमा कलम चलाउनुपर्छ – अपार

तुलसीपुर, २७ असोज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ का सचिब जगप्रसाद शर्मा‘अपार’ले पत्रकारिता मिसनमा आधारित हुनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) दाङको प्रचार तथा प्रकाशन विभागको आयोजनामा सोमबार तुलसीपुरमा भएको जिल्ला स्तरीय प्रचार भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।‘ अबको मुलुकको एजेण्डा भनेको समाजवाद निर्माण गर्ने हो ’ उनले भने ‘ पत्रकारिताको माध्यामबाट पनि यो एजेण्डालाई पूरा गर्न भूमिका निर्वाह गर्नुपर्छ, मिडियाले समाजवादको पक्षमा कलम चलाउनुपर्छ ।’

कलम अहिलेको हतियार भएको भन्दै यसले उच्च स्थानबाट मुलुकलाई नेतृत्व गर्ने समेत उनले बताए । त्यसैले पनि पत्रकारिता क्षेत्र सम्बेदनशील भएर लाग्नुपर्ने उनको भनाई थियो ।

नेकपा दाङका प्रचार बिभाग प्रमुख शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह–ईञ्चार्ज निर्मल आचार्य, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, सचिब सुवास पुनलगायतले मन्तब्य ब्यक्त गरेका थिए । साथै नेकपाले जितेका स्थानीय तहका प्रेस सल्लाहकारहरुले आफ्नो प्रतिबेदन पेश गरेका थिए, भने पत्रकारिताको क्षेत्रबाट सांसदहरुको स्वकीय सचिब बनेकाहरुले पनि आफ्नो प्रतिबेदन पेश गरेका थिए ।

त्यस्तै जिल्लाको साबिक प्रेस चौतारी र प्रेस संगठनको अबस्थाका बारेमा समेत रिपोर्टिङ गरिएको थियो ।

कार्यक्रमको सहजीकरण नेकपा प्रचार तथा प्रकाशन बिभाग उपप्रमुख आजाद खड्काले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर