धर्मशाला निर्माणकालागि महायज्ञ शुरु

तुलसीपुर, २९ असोज ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बासगडीमा रहेको मन्दिरमा धर्मशाला निर्माणका लागि महायज्ञ शुरु भएको छ । बुधबारदेखि महायज्ञ शुरु भएको हो । मन्दिर ब्यबस्थापन समितिका संयोजक भाष्कर मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले महायज्ञको उद्घाटन गरेकी हुन् । त्यस अवसरमा उनले संस्कार, संस्कृति ऐतिहासिक धसरोह भएकाले यसको संरक्षण र सम्बद्र्धनमा सबै जुट्नु पर्ने बताइन् । उनले सबै धर्मलाई मिलाएर लैजानुपर्ने समेत बतााईन् ।

आर्थिक संयोजक नबिन पोख्रेलले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थका अध्यक्ष प्रदीप गौतम, नेपाल सस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्वसदस्य श्रीधर मजगैया, प्रमुख बाचक चन्द्र तिमिल्सिनालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

मन्दिर ब्यबस्थापन समितिका सचिब तथा महायज्ञका सदस्य सचिब रबिराज गौतमले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण पत्रकार भानु जोसीले गरेका थिए ।

उद्घाटन कार्यक्रम शुरु हुनुपूर्व पञ्चेवाजा, मयुरनाच सहितको शोभायात्राले बजार परिक्रमा गरिएको थियो । महायज्ञबाट संकलन भएको रकमले मन्दिरको स्तरोन्नति समेत गरिने भएको छ । महायज्ञ कात्तिक ७ गतेसम्म चल्ने छ । बासँगडीमा कालिका मालिका मन्दिर रहेको छ । महायज्ञ सफल पार्नका लागि विभिन्न ९ वटा उपसमिति गठन गरिएको छ । महायज्ञको मुख्य वाचकमा हरिश्चन्द्र तिमिल्सिना र रामचन्द्र तिमिल्सिना रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर