मलेसियामा दाङका एक ब्यक्तिको मृत्यु
तुलसीपुर, ३ कात्तिक ।
रोजगारको सिलसिलामा मलेसिया गएका दाङका एक ब्यक्तिको मृत्यु भएको छ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ बाघमारे निवासी ४२ बर्षीय मोहन केसी ( कान्छो ) को असोज २९ गते नेपाली समय अनुसार बेलुका साढे ४ बजेतिर मृत्यु भएको हो ।
उनी दशैंको टिकाको अघिल्लो दिन एक्कासी बेहोस भएपछि उपचारकालागि मलेसियाकै सालम हस्पिटलमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको आफन्त सुरेश ओलीले बताए ।
केसी डिएचएल सप्लाई चैन कम्पनीमा कार्यरत थिए । उनको सेक्युरिटी गार्डमा काम गर्नकालागि एक महिना अघि मात्रै नेपालबाट मलेसिया गएका थिए । उनको शवलाई अझै नेपाल ल्याउन सकिएको छैन् । उनका आफन्त सुरेश ओलीका अनुसार सोमबार नेपाल ल्याउने गरि तयारी थालिएको छ ।