राजनीतिक संस्कार परिबर्तन आबश्यक छ ः मिश्र
हेकुली, १६ कात्तिक ।
साझा पार्टीका केन्द्रीय संयोजक रबिन्द्र मिश्रले राजनीतिक संरकार परिबर्तन हुन आबश्यक रहेको बताएका छन् । दाङको दंगीशरण गाउँपालिकाको हेकुलीमा भएको उम्मेदवार घोषणा तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।‘परम्परादेखि जस्तो राजनीतिक संस्कार चल्दै आएको छ, यसबाट मुुलुकले निकास पाउन सक्दैन्’ उनले भने‘त्यसैले राजनीतिक संस्कार समय सापेक्ष रुपमा परिबर्तन गर्न आबश्यक छ ।’ उनले काठमाडौंले अहिले भोग्नुपरेको नियति २० बर्ष पछि दाङले भोग्ने समेत बताए । ‘ म प्लेनमा काठमाडौंबाट दाङ आउँदै गर्दा आकासबाट दाङ नियाले’ उनले भने‘ अब दाङमा २० बर्षपछि अब्यबस्थित हुने र यसले ठूलो क्षति पु¥याउछ ।’
उनले अहिले जनताले सकिनसकी काम गर्ने र राजनीतिकर्मीले मोजमस्ती गर्ने गरिएको भन्दै यसलाई पनि परिबर्तन गर्न आबश्यक रहेको समेत बताए ।‘अब राजनीतिकर्मीले १४÷१५ घण्टा काम गर्नुपर्ने र जनताले ८ घण्टा मात्रै काम गर्नुपर्ने अबस्था सिर्जना गर्नुपर्छ’ उनले भने‘ तर अहिले जनताले मरिमेटी काम गर्ने र राजनीतिकर्मीले बसिबसी खाने अबस्था सिर्जना भएको छ, यसरी मुलुक परिबर्तन हुन सक्दैन् ।’
उनले अब नेता बदल्ने मात्रै नभई जनताको मन बदल्नुपर्ने समेत उनको भनाई थियो ।