बजाजका नयाँ मोटरसाईकल तुलसीपुरमा

आशिष केसी

तुलसीपुर, २८ कात्तिक ।

नेपालमै सर्बाधिक बिक्री हुने गरेको एचएच बजाज कम्पनीको नयाँ मोटरसाईकल तुलसीपुरमा भित्रिएको छ । कम्पनीको दुईसय सिसी क्षमता भएको नयाँ मोडेलकोे मोटरसाईकलको बिहीबार ‘लञ्च’ गरिएको हो ।

दाङ तुलसीपुर उपमहानगरपालिका ६ घोराही रोडमा रहेको उक्त कम्पनीको आधिकारीक विक्रेता क्रस बोर्डर प्रालिले उक्त मोटरसाईकल बिक्री गर्दै आएको छ । मोटरसाईकलको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले लञ्च गरेका हुन् । सो अवसरमा उनले क्रस बोर्डर प्रालिले विगत तीनबर्षदेखि तुलसीपुर क्षेत्रमा बजाज कम्पनीका विभिन्न मोडलका मोटरसाईकल विक्रि तथा सर्भिस गर्दै आएको बताए । उनले यस क्षेत्रका ग्रहाकको मन जित्न सफल भएको समेत बताए ।

प्रालिका संचालक प्रदिप केसीका अनुसार उक्त मोटरसाईकलको बुधबार देशभर एकैसाथ लञ्च गरिएको हो । पल्सरमा नयां आयाम थप्नका लागी अत्याधुनिक तथा सुरक्षित मोटरसाईकल बजारमा ल्याईएको उनले बताए । बिशेषगरी आरामदायी तवरले सुरक्षित यात्राको लागी सो मोटरसाईकल उचित रहेको उनले बताए । यसको अतुलनीय पावर र माईलेजको समायोजनकै कारण एक उत्कृष्ट मोटरसाईकलहरु हो ।

मोटरसाईकलको मुल्य तीन लाख ५४ हजार ९ सय रहेको छ । तर सिमित समयको लागी कम मुल्य निर्धारण गरेकोले ग्राहकहरुले यथाशिघ्र बुकिङ गर्नसक्ने उनले बताए ।

मोटरसाईकलमा डबल एभिएस रहेको छ । जसले गर्दा सहज रुपमा कन्ट्रोल गर्न सकिन्छ र दुर्घटना हुने सम्भावना कम हुन्छ । त्यस्तै मोटरसाईकलमा फ्युल ईन्जेक्टर रहेको छ जसले माईलेज बढि दिने हुनाले पेट्रोल कमलाग्ने गर्छ । त्यस्तै एयर कुलिङको व्यवस्था रहेको छ जसको कारणले लामो यात्रा गर्दा मोटरसाईकलमा बढ्ने तापक्रमलाई कन्ट्रोल हुने उनले बताए ।

त्यस्तै मोटरसाईकलमा पिरिमिटर फ्रेम, नाईटक्स मोनो सस्पेन्सन, ब्रोड रिअर टायर, सिक्स स्पिड गेअर बक्स, फोर भल्भ ईन्जिन लगाएतका उत्कृष्ट बिशेषताहरु रहेका छन् । चार प्रकारका कलरमा रहेको मोटरसाईकलको २ बर्षको लागी ७ वटा सर्भिस निशुल्क रहेको अर्का संचालक बिर्जु योगीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर