६० जना निःशुल्क मधुमेह जाँच
तुलसीपुर, २८ कात्तिक ।
विश्व मधुमेह दिवसको अबसरमा लायन्स क्लब अफ दाङको आयोजनामा झण्डै ६० जनाको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । तुलसीपुर स्थित न्युपाल्पाली पोलिक्लिनिकको प्राबिधिक सहयोगमा बिहीबार बिहान यस क्षेत्रका सर्वसाधारणहरुको चेकजाँच गरिएको लायन्स क्लब अफ दाङका सचिव भागवत घिमिरेले जानकारी दिए ।
कार्यक्रम सयोजक भोजराज न्यौपानेको अध्यक्षता एव डिष्ट्रक को चिफ एडभाईजर बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको निःशुल्क चेकजाँच कार्यक्रमको उद्घाटन कार्यक्रममा बक्ताहरुले पाल्पालि पोलिक्लनिकले छोटो समयमा धेरै सामाजिक काममा हातेमालो गर्न सफल भएको भन्दै प्रससा गरेका थिए ।
कार्यक्रममा क्ल्निकका सञ्चालक सुरज ज्ञवाली,बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारीलगायकाले शुभकामना ब्यक्त गरेका थिए ।