वाल विवाह न्यूनिकरणकालागी क्लब गठन

तुलसीपुर, २३ मंसिर ।

दाङको शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैचामा बाल विवाह न्यूनिकरणकालागी युवा क्लब गठन गरिएको छ ।समाजमा वातावरणीय शिक्षाको विकास (सीड) र आईएम नेपालको सहकार्यमा उक्त स्थानमा क्लब गठन गरिएको हो ।स्थानीय झग्गु चौधरीको अध्यक्षतामा सोमबार १९ सदस्यीय क्लब गठन गरिएको सीडका सामाजिक परिचालक सीता चौधरीले जानकारी दिईन् । उक्त क्लबको उपाध्यक्षमा बिनिता चौधरी, सचिबमा ताराप्रसाद चौधरीलगायत रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर