सरकारी जग्गा अतिक्रमण हुन राेकीएन
तुलसीपुर, २३ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ मा सरकारी जग्गा अतिक्रमण भएको छ । अहिले वडा कार्यालय आसपासको करिब १९ बिघा ६ कठ्ठा जग्गा अतिक्रमणमा रहेको वडाध्यक्ष लक्ष्मण चौधरीले बताए । उक्त जग्गामा एकसय २० भन्दा बढि घरहरु निर्माण भएका छन्् । ति मध्ये ११ जना सुकुम्वासी रहेको उनले बताए । उक्त जग्गा बचाउन वडाले समेत पहल गरेको उनको भनाई छ ।