सडक कार्यालयका ईञ्जिनियर घुससहित पक्राउ

दाङ, २४ मंसिर ।
सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् । काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएका थिए ।
Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर