छोरी मात्रै होईन्, छोरा पनि स्मार्ट बन्नुपर्छ

तुलसीपुर, ३० मंसिर ।

तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी कार्यक्रम शुरु गरेको छ । छोरीहरुको स्वास्थ्यलाई बिशेष ध्यान दिनेगरि यो कार्यक्रम शुरु ग¥यो । यो कार्यक्रमले छोरीहरुको स्वास्थ्यमा निकै लाभदायक बनेको छ । अब यो कार्यक्रम छोरामा पनि लागुहुनुपर्छ भन्ने आवाज उठिरहेका छन् ।‘स्मार्ट छोरी कार्यक्रम त भयो, छोरी मात्रै होईन्, छोरालाई पनि स्मार्ट बनाउनु पर्छ भन्ने आवाज उठिरहेका छन्’ तुलसीपुर उपमहानगरपालिकाका स्वाथ्य महाशाखाका बिष्णु गिरीले भने‘ अहिले छोरालाई पनि स्मार्ट बनाउने कार्यक्रम ल्याउनु पर्ने दवाव बढेको छ ।’

ईनसेकले मानब अधिकारमा आधारित शिक्षा स्वास्थ्य र खाद्य आवासका अधिकारका सवालमा स्थानीय सरोकारवालासंग सोमबार तुलसीपुरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताए ।

मानब अधिकार समाज तुलसीपुरका अध्यक्ष दोलखबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला वालवालिका शाखाका माया श्रेष्ठले उपमहानगरपालिकाले हिंसा प्रभाबितहरुकालागि सुरक्षित आवास निर्माण शुरु गर्ने प्रक्रियालाई अघि बढाईएको बताईन् ।‘अहिले घरेलु हिंसामा परेकी महिलाले उजुरी दिन सम्बन्धित निकायमा जान्छन्, तर उनीहरु हिंसामा परेकाले घरमा बस्ने अबस्था हुँदैन्’ उनले भनिन्‘ त्यस्ता महिलाहरुलाई सुरक्षित बासस्थानकालागि सुरक्षित आवास निर्माण गर्न लागिएको हो ।’

त्यस्तै खाद्य गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बञ्जाराले अहिले अखाद्य बस्तुलाई नष्ट गर्ने कार्य आफुहरुले गरिरहेको बताए । त्यस्तै तुलसीपुर उपमहानगर शिक्षा महाशाखाका प्रतिनिधि चन्द्र भण्डारी, राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा. मदन डिसी, तुलसीपुर उपमहानगर कृषि महाशाखाका प्रतिनिधि ओमप्रकाश ओली, तुलसीपुर उपमहानगर उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख रेवा रावतलगायतले आफ्नो शाखाबाट मानब अधिकार दिलाउने गरि कार्यहरु अघि बढाएको बताएका थिए ।

त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अहिले उपमहानगरपालिकाले हरेक विकास निर्माण तथा गतिबिधिहरु मानब अधिकारलाई टेवा पुग्ने गरि अघि बढाएको बताए । उनले सुत्केरी, वालवालिका शिक्षा, आवासलगायत सबै कार्यमा मानब अधिकार प्रत्याभुति हुने गरि कार्यक्रम तथा योजनाहरु अघि बढाएको बताए ।

कशवकुमार शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण ईन्सेक दाङका सहजकर्ता विनोद केसीले गरेका थिए । कार्यक्रममा तुलसीपुर क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर