अपाङ्गता शसक्तिकरण संस्था समउद्दघाटन तथा भबन सिलन्यास सम्पन्न

 

मंसीर २८ दाङ

शान्तिनगर गाउँपालिका वार्ड न. ५ बैशामा अपाङ्गता शसक्तिकरण केन्द्र नेपाल सस्थाको समउद्घाट्न तथा भबन सिलन्यास कार्यक्रम सम्पन्न भएको छ। सस्था कि अध्यक्ष रजनी शाह को सभापतित्तो र शहरी बिकास मन्त्री मो. इस्तियाक राई को प्रमुख आतिथ्य मा कार्यक्रम गरिएको थियोे। कार्यक्रममा उपस्थित बिशिस्ट अतिथी शान्तिनगर गा. पा. का अध्यक्ष कमान सि डागी ले मन्तव्यका क्रममा पूरा गाउपालिका लाई नै अपाङ्गमैत्री बनाउने घोषणा पनि व्यक्त गर्नुभएको थियो। तेसै गरि अपाङ्ग महासंघ प्रदेश न. ५ का अध्यक्ष देबि दत्त आचार्य ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे। भने अन्य बोल्ने बक्ताहरु अपाङ्ग अधिकारकर्मी देबा डागि, सस्थाका संरक्षक तथा समाजसेवी गजेन्द्र हमाल, राप्ती बहिरा संघ का अध्यक्ष अजय शर्मा र प्रतिमा शर्मा अनि नेपाली काङ्ग्रेस नेतृ सुस्मा लामिछाने गिरि लगायत ले अपाङ्ग को हक अधिकार को बारेमा बोल्नुभएको थियोे। यस सस्थाले उक्त कार्यक्रममा राप्ती बहिरा संघ लाई टिफिन डिब्बा र अन्य ‘क’ तथा ‘ख’ बर्गका अपाङ्गहरु लाई ओढ्ने ब्लाङ्केट पनि बितरण गरेको थियो। सस्था कि अध्यक्ष रजनी शाह ले अब अपाङ्गका हक हितमा अझै शसक्त रुपमा यो सस्था लाग्ने बताउनु भएको थियो। यस सस्थाको भबन, कार्यक्रम स्थल बैशा मै माननीय मन्त्री मो. इस्तियाक राई बाट सिलन्यास पनि गरिएको थियो। भने कार्यक्रममा स्वागत मन्तव्य यस सस्थाका उपाध्यक्ष गुरु प्रसाद लामिछाने ले दिनुभएको थियो र कार्यक्रमको सहजीकरण स्मृति योगिले गर्नुभएको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर