एकसय १९ वटा लैंगिक हिसाका मुद्दा दर्ता
अञ्जना चौधरी
तुलसीपुर, २ पुस ।
ओरेक दाङमा ११ महिनामा एकसय १९ वटा लैगिंक हिंसाका मुद्दा दर्ता भएका छन् । संयोजक ईश्वरी थापाका अनुसार ७९ वटा घरेलु हिंसा, १२ वटा जवरजस्ती करणी, बहुविवाहाका १३ ,बेचविखनको जोखिमका ३ ,जन्मदर्ता नभएको १, बालविवाह १ , मानसिक यातनाका एउटा, योनहिंसा ४ ,अलपत्र अवस्थामा फेला पारेको ५ वटा मुद्दा दर्ता भएका छन् ।
उनका अनुसार सबैभन्दा बढि घोराही उपमहानगरपालिकामा परेका छन् । घोराहीका ४५, तुलसीपुर उपमहानगरपालिकाका ३३, दंगीशरण गाउँपापिलकाका ४ ,बबई गाउँपालिकाका १,गढवा गाउँपालिकाका ३, लमही नगरपालिकाका ४ ,राप्ती गाउँपालिकाका ८ वटा परेका छन् ।
साथै अन्य जिल्लाका १६ वटा लैंगिक हिंसाका मुद्दा दर्ता भएको उनले जानकारी दिईन् । जनवरीदेखि डिसेम्वरको अहिलेसम्म ४ जना अपाङ्गता भएका महिलाहरुलाई बलात्कार भएको मुद्दा दर्ता भएको उनले बताईन् । केही महिलाहरु हिंसामा पर्ने तर बोल्नसक्ने अबस्था हुँदा पनि समस्या भएको उनले बताईन् ।