घोराहीमा महोत्सव लाग्ने
शुसीला ओली
घोराही, ९ पुस ।
दाङ चेम्बर अफ कमर्शले नेपाल भ्रमण २०२० लाईलाई लक्षित गरेर पर्यटन प्रर्बद्धन व्यापारिक तथा कृषि औद्योगिक महोत्सव २०७६ को आयोजना गर्ने भएको छ । चेम्बरले मगंलवार घोराहीमा पत्रकार सम्मेलन गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्षलाई सफल बनाउनका लागि माघ १० देखी २० गते सम्म महोत्सवको आयोजना गर्न लागेको अध्यक्ष श्रीधर महराले जानकारी दिए ।
महोत्सवले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने ,स्थानीय व्यापार प्रवद्र्धन एवं विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने योजना रहेको अध्यक्ष महराले जानकारी गराएका थिए । यसैगरी दाङका धार्मीक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकिय स्थलहरुको प्रचार प्रसार र विकासमा सहयोग पु¥याउने, स्थानीय प्रतिभाहरुको खोजी तथा प्रोत्साहन, कृषि, घरेलु, उद्यम, परमपरागत पेशा व्यवसायको प्रवद्र्धन गर्ने र स्थानीय तथा परम्परागत मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने योजना रहेको उनले बताए ।
उक्त महोत्सव पश्चात बचेको रकम सामाजीक कार्यका लागि खर्च गर्ने समेत आयोजकले प्रतिवद्धता व्यक्त गरेको छ । दक्षिण एसियाकै ठुलो उपत्यका दाङ जिल्ला हामा्रे सान, पर्यटन कृषि, उद्योग, कला साहित्य र संस्कृतिको प्रवद्र्धन हामा्रे अभियानको नारा सहित महोत्सव सञ्चालन हुने भएको छ । उपाध्यक्ष घनश्याम अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव सागर खनालले गरेका थिए । महोत्सवमा दुई सय ५० वटा विभिन्न प्रकारका स्टल रहने आयोजकले जनाएको छ ।