आफ्नै भवनमा ईलाका प्रशासन

तुलसीपुर १ फागुन ।

ईलाका प्रशासन कार्यालय तुलसीपुरले नयाँ भवनवाट सेवा शुरु गरेको छ । यस अघि भाडाको भवनबाट सेवा प्रदान गर्दै आएको कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको हो । बिहीबारदेखि तुलसीपुर ५ स्थित राप्ती प्रादेशिक अस्पतालदेखि उत्तरदेखि उत्तर तर्फ निर्माण गरिएको आफ्नै भवनवाट सेवा दिन शुरु गरिएको हो । उक्त भवनको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्यम पाण्डेले जानकारी दिए । २५ बर्षअघिदेखि तुलसीपुरमा स्थापना भएको कार्यालय यस अघि तुलसीपुर ९ दोघरेवाट सेवा प्रदान गर्दै आएको थियो । तर ईलाका प्रशासन कार्यालय तुलसीपुरको नाममा रहेको ६ सय ७७ वर्गमिटर जग्गामा भवन निर्माण भएपछि आफ्नै भवनवाट सेवा प्रदान गर्न थालेको हो । दुई करोड ५८ लाख ९१ हजार १ सय ३० रुपैया लागतमा दुई तलामा १६ कोठाको भवन निर्माण गरिएको हो । २०७४ असार २५ गतेदेखि जुद्ध एण्ड पुर्ण निर्माण सेवाले भवन निर्माणको काम शुरु गरेको थियो । उक्त भवन २०७६ असार २५ गतेभित्र सक्ने गरि सम्झौता भएपनि समयमा काम पूरा नभएपछि असोज २० गतेसम्मको म्याद थप गरिएको थियो । कार्यालयको कम्पाउण्ड निर्माणको काम भने अझै बाँकी नै रहेको ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डनले बताए ।

कार्यालयको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मुलुक संघीय संरचनामा गएसंगै नागरिकले सहज सेवा पाउनुपर्ने बताए । जनतासंग जोडिएका सबै संघसंस्थाले सेवालाई प्रभाबकारी बनाउनु पर्नेमा समेत जोड दिए । तुलसीपुरका हरेक कार्यालयमा जनशक्ति अभाब भएमा कर्मचारीकालागि पहल थाल्ने समेत बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष खुमानन्द अधिकारी, राष्ट्रिय समाचार समिति तुलसीपुरका प्रमुख नारायणी रजौरेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर